सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

आइतबार, चैत्र २९ २०७७

काठमाडौं महानगरपालिका–२६ केशरमहलस्थित होटल आर्य ताराको पाँचौ तल्लाको कोठाबाट तास खेलिरहेको अवस्थामा काभ्रे धुलिखेल नगरपालिका–६ घर भएका ३६ वर्षीय अर्जुन लामा समेत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख २६ हजार रुपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।