सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

आइतबार, चैत्र २९ २०७७

काठमाडौं ।   बाँके, नेपालगंज उपमहानगरपालिका–१७ चौलिका चोकबाट करिब १५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो दखिने पदार्थ सहित सोही नगरपालिका–१६ बस्ने गब्बर भन्ने हासिम हुसेन कवडियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी जयसपुर बाँकेबाट खटिएको प्रहरीले हासिमलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह गाउँबाट करिब १ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो दखिने पदार्थ सहित कोहलपुर नगरपालिका–६ रझेना बस्ने २५ वर्षीय आशिष पौडेललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
पर्साको कालिकामाई गाउँपालिका–१ तिनदुबियाबाट करिब १२ केजी अवैध लागूऔषध चरेश आइतबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिहरुले साथमा रहेको बोरा छाडी भागेपछि प्रहरीले बोरा जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।