सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एपीएफ टोलीद्वारा भरुवा बन्दुकसहित पक्राउ :–

शनिबार, चैत्र २८ २०७७

दाङ्ग जिल्लाको राजपुर गाउँपालिका ७ थिर्की स्थित सीमा ईलाकाबाट चैत्र २६ गते एपीएफ टोलीले एक नाल भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने २३ वर्षिय पवन मल्ललाई पक्राउ गरेको छ । रा १ प ४२०८ नम्बरको मोटरसाईकलमा सवार निज मल्ललाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुनपथरीबाट खटिएको एपीएफ टोलीले उक्त भरुवा बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ परेका मल्ललाई बरामद बन्दुक तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईप्रका गढवामा बुझाईएको छ ।