सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

नियन्त्रित लागूऔषध सहित पक्राउ 

शुक्रबार, चैत्र २७ २०७७

काठमाडौं ।  चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ३ सय एम्पुल डाइजेपाम, ३ सय एम्पुल फेनारगन र ३ सय एम्पुल नुर्फिन सहित बारा कलैया उपमहानगरपालिका–४ घर भएका २० वर्षीय आश्रय आलमलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
नागढुंगास्थित चेकप्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ७१९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।