सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

शुक्रबार, चैत्र २७ २०७७

पर्सा ।  वीरगंज महानगरपालिका–१६ नगवास्थित ग्यारेजबाट ना.१२ प ९८०२ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका–१ बस्ने २० वर्षीय बिशाल मुखियालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–१६ बाईपास सडकमा उक्त मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको बिलबुक नरहेको हुँदा उक्त मोटरसाइकल सहित मुखियालाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धान गर्ने क्रममा उनले ग्यारेजमा रहेको सो मोटरसाइकल चोरी गरी ल्याएको खुल्न आएको हो । 
उनी उपर चोरी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत पर्साबाट दिन ७ म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।