सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

  आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ 

शुक्रबार, चैत्र २७ २०७७

रुपन्देही ।  आफ्नै श्रीमती ५५ वर्षीया कुसुम बानियाको हत्या गरेको अभियोगमा सियारी गाउँपालिका–३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बानियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
गनपतले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेथरी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।