सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अवैध लागूऔषध सहित पक्राउ

मंगलबार, चैत्र २४ २०७७

काठमाडौं ।  कञ्चनपुर, भिमदत्त नगरपालिका–४ कलश होटेल नजिकबाट ०.७२ ग्राम अवैध लागूऔषध चरेश र  ०.१५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोरी र भिमदत्त नगरपालिका–१४ बस्ने १९ वर्षीय संजोक भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा संजोक भण्डारीको साथबाट उक्त चरेश र किशोरीको साथबाट उक्त खैरो हेरोइन फेला पारी पक्राउ गरेको हो । 
बाराको पचरौता नगरपालिका–३ भठ्ठि बैरियाबाट करिब १३ केजी अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका–९ कुडवा बस्ने ३३ वर्षीय मंगनि मुखियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट पथलवाघाटबाट खटिएको प्रहरीले मुखियालाई उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।