सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मंगलबार, चैत्र २४ २०७७

काठमाडौं ।  ताप्लेजुङमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फुङलिङ नगरपालिका–३ मेदिबुङ बस्ने मिने भन्ने २६ वर्षीय महेन्द्र कालिकोटेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महेन्द्रले ती बालिकालाई सोही नगरपालिका–४ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
तेह्रथुममा पनि ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका–६ सुदाप बस्ने गन्दङ भन्ने २४ वर्षीय मन प्रसाद लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । मन प्रसाद र सोही ठाउँ बस्ने ३२ वर्षीय लक्ष्मी लिम्बु समेतले ती महिलालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले मन प्रसादलाई पक्राउ गरेको हो । हाल फरार रहेका लक्ष्मीको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।