सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अष्ट्रेलिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा पक्राउ 

शुक्रबार, चैत्र २० २०७७

काठमाडौं ।  अष्ट्रेलिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका–८ ठेगाना भएका २३ वर्षीय अमित भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 
भुजेलले सर्ट टर्म ४५७ भिषामा २/२ वर्ष कामको लागि १०५ दिन भित्रमा पूरै प्रकृया गरी अष्ट्रेलिया पठाईदिन्छु त्यसका लागि प्रतिव्यक्ति छ लाख रुपैयाँ लाग्छ भनि दुुई जनाबाट नौ लाख रुपैयाँ लिई ठगी गरेको भन्ने पीडितबाट प्राप्त जाहेरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो । 
उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।