बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

थप १५२ जना कोरोना संक्रमण पुष्टि

शुक्रबार, चैत्र २० २०७७

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ८६ जनामा कोरोना पुष्टि भएको छ।

काठमाडौँमा ७३, भक्तपुरमा ५ र ललितपुरमा ८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार ६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ।

हाल देशभर १ हजार ५ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ हजार २ सय १३ पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३१ पुगेको छ।