सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

भरुवा बन्दुक सहित पक्राउ तथा बरामद  

बुधबार, चैत्र १८ २०७७

काठमाडौं ।  दाङ, घोराही उपमहानगरपालिका–१३ चंखेलिबाट ४ थान भरुवा बन्दुक सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६५ वर्षीय मोहन बहादुर नेपाली, ३६ वर्षीय मान बहादुर नेपाली र सोही उपमहानगरपालिका–१२ गुर्जे बस्ने ६२ वर्षीय रण बहादुर बिष्ट रहेका छन् ।  विशेष सूचनाको आधार जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 
खोटाङ, जन्तेढुंगा गाउँपालिका–२ खोपापाखा जंगलमा खरघारीभित्र बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको २ थान भरुवा बन्दुक मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङबाट गस्तीमा खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।