बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एटिम मेसिन हयाक गरी मेगा बैंकबाट पैसा निकाल्न खोज्ने चिनिया नागरिक पक्राउ

बुधबार, चैत्र १८ २०७७

काठमाडौं ।  एटिम मेसिन हयाक गरी मेगा बैंकको एटिएमबाट रकम निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ परेकाछन । बिभिन्न बैंकहरुको ए टि एम बुथमा अस्वभाबिक रुपमा कुनै ब्यक्तिले रकम निकाल्न लागेको भन्ने बिशेष सूचना वृत्त दरवारमार्ग प्राप्त हुनासाथ तत्काल वृत्त दरवारमार्ग र परिसर काठमाडौको प्रनाउको कमाण्डमा परिचालन गरी  खोजतलास गर्ने यही चैत १७ गते साँझ १७ः३७ बजेको समयमा रकम निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ परेका हुुन ।
काठमाडौ महानगरपालिका वडा नं.२७ ज्याठा स्थितमा रहेको मेगा बैकको एटिएम मेशिनको कि बोर्ड हाल नाम खुलेको चाईनिज नागरिक बर्ष–२९ को वाङ जियालोङले अनाधिकृत रुपमा एटिएम मेशिनको कि बोर्ड पिन नम्बर ह्याक गरी नगद रुपैया निकाल्न खोजेको अवस्थामा फेला पारी तत्काल निजलाई नियन्त्रणमा लिईएको हो । नियन्त्रण पश्चात उनको शरिर समेत तलाशी लिई उनी बस्ने गरेको ज्याठा स्थित होटल मन्टेस को चौथो तलाको रुम नं.४०५ मा निज चाईनिज नागरिकलाई साथमा लिई गई उक्त कोठा समेत रितपूर्वक खानतलासी गरि ह्याकिङको लागि प्रयोग हुुने सामानहरु समेत बरामद भएकाछन । 
बरामद भएका सामानहरुमा बिभिन्न किसिमको १० वटा चाबीहरु सहितको झुप्पा थान–१, चाईनिज भाषामा लेखिएको फोटो सहितको कार्ड थान–२,  ड्रिल मेसिनको काटी थान ५१ ,  सुन्तला रंगको बट्टा थान –७ र पहेलो रंगको बट्टा थान–१ ,ऐ को चार्जर थान १, सेतो रंगको चार्जर पोर्ट थान–३,  सेतो र रातो रंगको टेप थान–२, सेतो रंगको पावर बैंक थान–२ ,सेतो रंगको तार सहित भएको ३२ जि.बि. को  हिडेन क्यामेरा थान–४ लगायतका सामानहरु बरामद भएको छ ।