आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छः प्रधानमन्त्री ओली

बुधबार, चैत्र १८ २०७७

काठमाडौं । प्रधानमनत्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन् । ओलीले आज रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

ओलीले भने, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरुलाई अर्को छट्पटी सुरु होला । कसैलाई आपत्ति लाग्छ भने लागोस । कसैलाई निद्रा लाग्दैन भने नलागोस ।