सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सुनको गहना लुटपाट

मंगलबार, चैत्र १७ २०७७

   
काठमाडौं महानगरपालिका–२६ ठमेल डेरा गरी बस्ने ३४ वर्षीया चिनियाँ नागरिक थ्ग्ल् ह्क्ष्इःभ्ल् को कोठाबाट २ तोला बराबरको सुनका औंठी, बाला र तिलहरी सोमबार राति लुटपाट भएको छ । 
अपरिचित ४ जना नकावधारी व्यक्तिहरूले उनका दुईजना नेपाली नातेदारहरूलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर उक्त गहना लुटी फरार भएको बताइएको छ । 
उक्त खवर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले लुटेराहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।