सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

विभिन्न धनमाल चोरी

सोमबार, चैत्र १६ २०७७

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ चपली चोकस्थित कुन्जो कोलनीभित्र हरिबाबु पन्तको घरको ढोका कोही नभएको अवस्थामा फोडेर दोस्रो तलामा रहेको दराजबाट ३ हजार २ सय अमेरीकी डलर र ७० हजार नेपाली रूपैयाँ गरी करिब ४ लाख ४० हजार ५ सय रूपैयाँ नगद आइतबार दिउँसो चोरी भएको छ । 
यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ बलम्बुस्थित पूर्ण जंग श्रेष्ठको घरबाट ४ तोला बराबरको सुनका विभिन्न गहना र नगद ३२ हजार रूपैयाँ गरी करिब ३ लाख ८२ हजार रूपैयाँ बराबरको धनमाल आइतबार बेलुकी चोरी भएको छ । 
चोरीमा संलग्न फरार ब्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।