मर्जर तथा प्राप्ती प्रकृयामा सामेल हुुन बैंक तथा बित्तीय संस्थाहरुको कुुल संख्या दुई सय १३ वटा पुुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो सात महिनाको अवधिसम्ममा उक्तm संख्यामा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स कम्पनी र लघुुबित्त बित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती प्रकृयामा सामेल भएका हुुन ।
मर्जर तथा प्राप्ती प्रकृयामा सामेल हुुने बैंक तथा बित्तीय संस्थाहरुमा बाँणिज्य बैंक र लघुुबित्त बित्तीय संस्थाहरुको तुुलनामा क्षेत्रिय तथा राष्ट्रियस्तरका बिकास बैंक र फाईनान्स कम्पनीहरुको संख्या धेरै रहेको छ । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७७ माघ मसान्तसम्म कुुल दुुई सय १३ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका हुुन, राष्ट्र बैकका प्रवक्ता डा. गुणाकर भट्टले भनेकालछन । प्रवक्ता भट्टका अनुसार यस मध्ये एक सय ६१ संस्थाहरुको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएका छन् । यस अवधिमा सात वटा प्रदेश अन्र्तगतका ७७ वटा जिल्लाहरुमा रहेको कुुल सात ५३ स्थानीय तह मध्ये चालुु आवको सात महिनाको अवधिसम्ममा सात सय ४९ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७६ माघसम्म सात ४६ स्थानीय तहमा मात्र वाणिज्य बैंकहरुका शाखा विस्तार भएको थियो । प्रवक्ता भट्टले भनेकाछन । अब बाँणिज्य बैकहरुको शाखा पुग्न बाँकी रहेकाहरुमा ताप्लेजुुङ जिल्लाको मिक्वाखोला गाउँपालिका, धादिङ जिल्लाको रुविभ्याली गाउँपालिका, जाजरकोट जिल्लाको जुुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिका मात्र बाँणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी रहेको छ, प्रवक्ता भट्टले भने ।
यस अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुको कुुल संख्या भने एक सय ४३ पुगेको छ । जसमध्ये २७ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । बैक तथा बित्तीय संस्थाहरुको कुुल शाखा संख्या भने २०७७ असार मसान्तमा नौ हजार सात सय ६५ रहेकोमा चालुु आवको पछिल्लो सात महिनाको अवधिसम्ममा आईपुुग्दा यस्तो संख्या बढेर १० हजार तीन सय ६६ वटा पुुगेको छ ।
सो मध्ये बाँणिज्य बैंकहरुको मात्र कुुल शाखा संख्या चार हजार छ सय ३७ पुुगेको छ भने बिकास बैंकहरुको कुल शाखा संख्या एक हजार ६५ पुुगेको छ । यसैगरी फाईनान्स कम्पनीहरुको कुुल शाखा संख्या पनि पछिल्लो अवधिमा दुुई सय ५६ वटा पुुगेको छ । प्रवक्ता डा. भट्टका अनुसार यस अवधिमा लघुुबित्त बित्तीय संस्थाहरुको कुुल शाखा संख्या भने चार हजार चार सय आठ वटा पुगेको छ ।
बैंक तथा बित्तीय संस्थाहरुको कुल संख्या
क्रस बिबरण संख्या शाखा संख्या
१ बाँणिज्य बैंक २७ ४६३७
२ बिकास बैंक १९ १०६५
३ फाईनान्स कम्पनी २० २५६
४ लघुुबित्त बित्तीय संस्था ७६ ४४०८
५ पुर्वाधार बिकास बैंक १ ०
कुल १४३ १०३६६ (श्रोत नेपाल राष्ट्र बैंक)