काठमाडौं महानगरपालिका–६ कपन सरस्वतिनगर डेरा गरी बस्ने २८ वर्षीया सबिता यादवको कोठाबाट सुन तथा चाँदीका विभिन्न गहना तथा नगद समेत गरी करिब २ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।