काठमाडौं । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ मेउडिहवास्थित सीमा ईलाकाबाट चैत्र ९ गते एपीएफ टोलीले करीब ४ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ईलेक्ट्रोनिक चुरोट बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त चुरोटको १ सय ९१ वटा डण्डा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद ईलेक्ट्रोनिक चुरोट भन्सार कार्यालय बेलहियामा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण बाराबाट खटिएको एपीएफ टोलीले चैत्र १० गते करीब २ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ओखर बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ४ सय २३ के.जी. ओखर बारा जिल्लाको सिम्रनगढ नगरपालिका ७ अमरपुरस्थित सीमा ईलाकाबाट बरामद गरिएको वहो । बरामद ओखर स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।