सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ   

बुधबार, चैत्र ११ २०७७

काठमाडौं ।  भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ४५ वर्षीय बिष्णु थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय राजन थापा क्षेत्री लगायत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद एक लाख ६५ हजार एक सय ८० रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 
नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका–१ मौलाकालिका गेट नजिकै होटल ग्रिन फोरेस्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय नवराज क्षेत्री लगायत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २५ हजार ५ रुपैयाँ, १ हजार ६ सय १० भारतीय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।