नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृ रामकुमारी झाँक्रीको नाम स्पष्टीकरण सोध्ने नेताहरुको लिस्टबाट हटाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमाले केन्द्रीय समितिको बैठक वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डे र नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्न भनि नाम प्रस्ताव गरिएको थिए। तर, केन्द्रीय सदस्यहरुले नेत्री झाँक्री केन्द्रीय सदस्यमात्रै भएको र कारबाहीका लागि उनको हैसियत नपुग्ने भन्दै उनको नाम हटाउन सुझाब दिएका थिए।
‘बैठकमा कारबाहीको लिस्टमा रामकुमारी झाँक्रीको पनि नाम आएको थियो, केन्द्रीय सदस्यहरुको सुझाबपछि प्रधानमन्त्रीले नाम हटाउनुभएको हो’, एक केन्द्रीय सदस्यले भने। पहिलो पाँच नेतालाई भने पनि पछि रामकुमारीको नाम हटाएर चार नेतालाई मात्रै स्पष्टीकरण सोधिएको हो।
नेतृ झाँक्री प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कडा आलोचकको रुपमा चिनिदै आएकी छिन् ।