सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

नगद तथा सुन चोरी

बिहिबार, चैत्र ५ २०७७

काठमाडौं ।  टोखा नगरपालिका–३ बसुन्धारा विकास नगर टोल डेरा गरी बस्ने तनहुँ आबुखैरेनी गाउँपालिका–२ घर भएका ३५ वर्षीय  अरुण बास्तोला र सोही घरमा डेरा गरी बस्ने पर्वत फलेबास नगरपालिका–६ घर भएका ३३ वर्षीय पवन राज पाण्डेको कोठामा कोही नभएको अवस्थामा बुधबार दिउँसो नगद १२ हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ६ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।