सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

नगद ठगी फरार

बिहिबार, चैत्र ५ २०७७

दोलखा ।  भिमेश्वर नगरपालिका–९ खरीढुङ्गाबाट बाग्लुङ गल्कोट नगरपालिका–३ हटिया बस्ने ३० वर्षीय पुरुषको ९ लाख ५० हजार रुपैयाँ बुधबार दिउँसो ठगी भएको छ । 
करिब ३० वर्षीय बिजय गुरुङ नाम बताउने पुरुष समेत २ जनाले अमेरिकी डलर २२ हजार ५ सय छ भन्दै फोन मार्फत डलरसँग साट्नको लागि बोलाई साथमा ल्याएको उक्त नगद ठगी गरी अमेरिकी डलर नदिई फरार भएको बताइएको छ । 
घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले अभियुक्तको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।