बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सेनामा हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुभारम्भ

बिहिबार, चैत्र ५ २०७७

काठमाडौं । सेनामा हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुभारम्भ भएको छ । चैत चार गते बलाधिकृत रथी प्रभुराम शर्माले नगरकोट स्थित नेपाली सैनिक वार कलेजमा संचालन भएको सि.सं.९ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको भिडियो टेलि कन्फरेन्स (भिटिसी) मार्फत सुभारम्भ गरेका हुुन । 

army2.JPG
उक्त अवसरमा सम्बोधन गर्दे बलाधिकृत रथी शर्माले सहभागी शिक्षार्थी अधिकृतहरुको पेशागत ज्ञान तथा नेतृत्व क्षमतामा बृद्धि भइ जटिल अपरेशनल वातावरणमा समय सापेक्ष निर्णय लिनसक्ने भावि नेतृत्व उत्पादनमा यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 
नेपाली सेनामा संचालन हुने सबैभन्दा उच्चस्तरको उक्त तालिममा ३० जना महासेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको छ । कोभिड–१९ स्वास्थ्य मापदण्डलाई मध्यनजर गर्दै पुर्णरुपमा सामाजिक दुरी कायम गरी उक्त तालिम संचालन गरिने छ । 

army1.JPG

army.JPG