काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ताका विषयमा आफूनिकट केन्द्रीय सदस्य तथा सांसदहरुलाई ब्रिफिङ गरेको छन्। धुम्बाराहीको वार्तापछि सिधै नयाँबानेश्वरस्थित अर्याल होटलमा पुगेका माधव नेपाललगायतका नेताहरुले आफू निकट केन्द्रीय सदस्य तथा सांसदहरुलाई ब्रिफिङ गरेका हुन्।
ब्रिफिङ भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले धुम्बाराही वार्तामा आफूहरुले फागुन २८ को निर्णय फिर्ता लिन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव गरेको विषय व्रिफिङ गरिएको बताए। वार्तामा अध्यक्ष ओलीले सकरात्मक जवाफ भने नदिएको उनले बताए।