आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

पुन छ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

आइतबार, चैत्र १ २०७७

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले पुुन छ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 
राष्ट्र बैंकका अनुसार ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको चार अर्ब र एक सय ८२ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ । ट्रेजरीको परिपक्व हुने अवधि भने क्रमश २०७८ असार एक गते र २०७८ भदौ २९ गते तोकिएको छ । यसअघि फागुन २३ गते पनि ९१ दिने अवधिको १२ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिक्री गरिएको थियो ।