काठमाडौँ । सर्वोच्चको फैसलापछि बदलिएको राजनीतिक परिवेशको असर अब संसदको चौथो ठुलो दल जनता समाजवादी पार्टी (जसपा) मा पर्ने देखिएको छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्यको चर्चा भइरहेका बेला जसपाको एक पक्षले ओलीसँग गठबन्धन गर्ने विषयमा छलफल गरिसकेको खुलासापछि राजनीति फेरी तरंगित भएको छ ।
आइतबार जसपाको संसदीय दलमा महन्थ ठाकुरले ओलीसँग छलफल गर्न दुई सदस्यीय कार्यदल बनाएको र एक चरणमा छलफल समेत भएको खुलासा भएपछि जसपा फुट्न थालेको होइन त भन्ने विश्लेषण पनि हुन थालेको छ ।
संसदीय दलको बैठकमा ठाकुरले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेको कार्यदल बनाएर छलफल अघि बढेको जानकारी गराएपछि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समेत सरप्राइज भएका थिए ।
जसपामा अहिले नयाँ सरकार बनाउने र अहिलेकै सरकारलाई निरन्तरता दिने भन्ने विषयमा दुई थरि राय रहेको छ । पूर्व जनता पार्टी पक्षका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु ओलीसँग सहकार्य गर्ने पक्षमा रहेका छन् भने पूर्व समाजवादी पार्टीका नेताहरु उपेन्द्र यादव, डा. बाबुराम भट्टराई लगायतका नेताहरु काँग्रेस, माओवादी केन्द्रसँग मिलेर सरकार बनाउनु पर्ने पक्षमा रहेका छन् ।
ठाकुरले बनाएको कार्यदलले एमाले नेताहरु सुबासचन्द्र नेम्वाङ, विष्णु पौडेल र डा. राजन भट्टराईसँग एक चरणमा कुरा अगाडी बढाई सकेको बुझिएको छ । उनीहरुले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता गरेको बताइएको छ । छलफलमा रेशम चौधरीको रिहाईसहित सरकारमा सहभागी हुने विषयमा चर्चा भएको छ ।
जसपाको संसदीय दलको बैठकमा मंगलबारचर्का चर्की भएको थियो । तर कार्यदलका सदस्य कर्णले छलफल रेशम चौधरीको रिहाइमा मात्र केन्द्रित भएको बताएर वातावारण शान्त पारेको बताइएको छ ।
ठाकुरले एकपक्षीयरुपमा कार्यदल बनाएपछि जसपा फुटको संघारमा पुगेको त होइन भन्ने आकलन गरिएको छ ।
निर्णय गर्नदिने जिम्मेवारी पाँच नेतालाई :
जसपाले सत्ता साझेदारीबारे निर्णय गर्न पाँच शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको छ । संसदको चौथो ठूलो दल जसपाले सरकारमा सहभागी हुने-नहुने वा कुन दलसँग सहकार्य गर्ने भन्ने विषयमा निर्णय गर्न पाँच शीर्ष नेतालाई जिम्मा दिने निर्णय गरेको हो ।
संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राईलाई सत्ता साझेदारीबारे निर्णय गर्ने जिम्मेवारी दिएको हो ।
राजपा र समाजवादी पार्टी एकीकरण भएपछि पहिलोपटक सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठक ६ घण्टा भन्दा बढी चलेको थियो । एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएपछि ओली नेतृत्वको सरकारको विकल्प खोज्ने विषयमा निर्णय लिने जिम्मा पाँच नेतालाई दिइएको जसपाका सांसदहरुले बताएका छन् ।
ओलीको अफर :
प्रधानमन्त्री ओलीले जसपालाई उपसभामुख सहित महत्वपूर्ण मन्त्रालय दिने आश्वासन दिएपनि जसपाको ठाकुर पक्ष उत्साहित भएको बताइएको छ ।
प्रतिनिधि सभामा जसपाका ३२ सांसद छन् । जसमा पूर्व राजपाका १७ सांसद रहेका छन् । त्यति मात्र होइन विभिन्न प्रदेशमा समेत सरकारमा सहभागी बनाएर मन्त्री दिने अफर ओलीबाट जसपाको ठाकुर पक्षलाई दिइएको छ ।
जसपा सांसदको सुची :
१) चन्दा चौधरी, २) चन्द्रकान्त चौधरी, ३) दुलारीदेवी खत्वेनी, ४) नरमाया ढकाल, ५) निर्जला राउत, ६) प्रमोद शाह, ७) महन्थ ठाकुर, ८) महिन्द्र राय यादव, ९) राजकिशोर यादव, १०) राजेन्द्र महतो, ११) रानी मण्डल, १२) रेशमलाल चौधरी, १३) लक्ष्मणलाल कर्ण, १४) शरतसिंह भण्डारी, १५) अमृतादेवी अग्रहरी, १६) एकवाल मियाँ, १७) अनिलकुमार झा, १८) डा. बाबुराम भट्टराई, १९) उपेन्द्र यादव, २०) उमाशंकर अरगरिया, २१) कलुदेवी विश्वकर्मा, २२) प्रदिप यादव, २३) विमलप्रसाद श्रीवास्तव, २४) मोहमद इस्तियाक राइ, २५) राजेन्द्र प्रसाद श्रेष्ठ, २६) रामबाबु कुमार यादव, २७) रामेश्वर राय यादव, २८) रुही नाज, २९) रेनुका गुरुङ, ३०) रेणुकुमारी यादव, ३१) सरिता गिरी, सुरेन्द्र कुमार यादव, ३३) सुर्य नारायण यादव, ३४) हरिनारायण प्रसाद रौनियार
(सरिता गिरीको सांसद पद खारेज भएको छ भने हरिनारायण रौनियारलाई सांसदबाट निलम्बन गरिएको छ )
ada public promotion of some product or serviceMore (Definitions, Synonyms, Translation)