आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बैंकिङ क्षेत्रको तरलतामा दवाद , अब निक्षेप र कर्जाको ब्याजदर बढ्ने

बिहिबार, फाल्गुन २७ २०७७

काठमाडौं । बैकिङ क्षेत्रमा रहेको अधिक तरलताको समस्या समाधान भएको छ। बैंकसँग अहिले करिब ३४ अर्ब मात्रै लगानीयोग्य रकम छ।

गत पुष १५ मा त यस्तो  अधिक तरलता २ खर्ब बराबरको रहेको थियो । एक हप्ता अघि ६४ अर्ब रहेको  अधिक तरलता अहिले ३४ अर्बमा खुम्चीएको छ । अर्थात एक हप्तामै  निक्षेपको रुपमा रहेको यस्तो ३० अर्ब बराबरको रकम  कर्जामा परिणत भएको छ ।

मंगलबार मात्रै बैंकहरुबिच २५ अर्ब बराबरको अन्तर बैंक कारोबार भएको छ । जबकी एक महिनाअघिसम्म यो यस्तो कारोबार नगन्य मात्रामा मात्रै हुन्थ्यो ।

यसरी बैंकहरुबिच अन्तर बैंक कारोबार बढेसँगै एक हप्ता अघि यस्तो ब्याजदर शुन्य दशमलव ५ प्रतिशत रहेको अन्तर बैंक ब्याजदर मंगलबार २ दशमलव नौ आठ प्रतिशत कायम भएको  छ ।

कर्जा लगानीका लागि बैंकहरुले अर्काे बैंकबाट सापटि लिने क्रम बढेसँगै अहिले अन्तर बैंक ब्याजदर ह्वात्तै बढेको छ ।  यसरी अन्तर बैंक ब्याजदर बढेसँगै आगामी दिनमा कर्जाको ब्याज  समेत बढ्ने संकेत देखिएको छ ।

कोरोना बिरुद्धको खोेप लगाउन सुरुभएसँगै बैंक तथा वित्त संस्थामा कर्जाको माग उच्च भएको छ । बढ्दो कर्जाको माग धान्न बैंकले अर्काे बैंकबाट सापटि लिने क्रम पनि बढेको छ ।

अन्तर बैंक ब्याजदर बढ्नुले आगामी दिनमा बैंकहरुले निक्षेप तथा कर्जाको ब्याज बढाउने पनि संकेत गर्छ । लगानीयोग्य रकम जुटाउनका लागि बैंकले धेरै ब्याज तिरेर निक्षेप तान्ने र पछि बैंकहरुले निक्षेपमा दिएको ब्याज खर्च जुटाउन कर्जाको ब्याज बढाउँछन् । जसले आम लगानीकर्तालाई असर त गर्छ नै यसले बस्तुको लागत बढाउँदा बस्तुको मूल्य समेत बढ्ने हुन्छ । बिशेषगरि सरकारले बिकास निर्माणका लागि भनेर छुट्टाएको रकम खर्च नगरि बस्दा तरलतामा दवाब देखिन सुरु गरेको हो ।  

महालेखा नियन्त्रक कार्यालयका अनुसार  सरकारले यो वर्ष ३ खर्ब ५२ अर्ब रकम पुँजीगत खर्चका लागि भनेर छुट्टाएकामा अहिलेसम्म ७५ अर्ब अर्थात वर्षको ८ महिना बित्न लाग्दा सम्म जम्मा २१ प्रतिशत मात्रै खर्च भएको छ राष्ट्र बैंकले यो अहिलेसम्म ८५ अर्ब रकम बजारमा पुनर्कर्जाको  रुपमा पठाएको छ। यो रकम नपठाएको भए त अहिले नै तरलता अभावको स्थिती सिर्जना हुने थियो

राष्ट्र बैंकले अझै ५७ अर्ब पुनकर्जा दिन बाँकि छ । साथै ९ अर्ब ५४ करोड बराबरको राष्ट्र बैंकले खिचेको रकम पनि केहि दिनमा बजारमा आउनेछ । तर यि दुबैले बढ्दै गएको कर्जाको मागका कारण ब्याजदर उकालो लाग्नबाट रोक्न सक्ने देखिदैन