आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

योगेश, झाँक्री र रावलको राजनीति सिध्याउने यस्तो छ ओलीको दाउ !

बिहिबार, फाल्गुन २७ २०७७

काठमाडौं । नेकपाको आधिकारिता प्रदान गर्ने सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई अस्तित्वमा ल्याए संगै धेरै तिर भुकम्प गएको छ ।

माधव कुमार नेपाल र झलनाथ खनाल सहितका समूह अहिले नेकपा एमाले तर्फ मोडिएका मात्र छैनन् ओलीको सरकार टिकाउनु पर्ने भन्दै बोल्न थालेका छन्।  

नेकपा एमालेका नेताहरु जो प्रचण्ड नेपाल समूहमा हुँदा केपी शर्मा ओली विरुद्द खरो रुपमा प्रस्तुत भईरहेका थिए तर अहिले आएर त्यो खरो बोली नम्र बनेको पाईएको छ । योगेश भट्टराईदेखि भिम रावलसम्म अहिले केपी ओली सहित सबैले आफ्नो कमी कमजोरी सुधारेर पार्टीलाई अघि लानुपर्ने बताउन थालेका छन् । रामकुमारी झाँक्री पनि एक किसिमले थान्को लागेकी छिन।  तर ओलीले भीम रावल,योगेश भट्टराई र रामकुमारीको अनेक तरहले राजनिती सक्न खुराफात गर्ने उनी निकट श्रोतको भनाई छ। त्यसैका लागि ओलीले पार्टी बिधान समेत आफु अनुकुल बनाउने आन्तरिक तयारी गरिरहेका छन् 

माधव नेपाल गुटका नेताहरु अहिले केपी ओलीलाई नै अध्यक्ष मान्नुपर्ने अवस्था सिर्जना भएपश्चात ओलीलाई रिझाउने खालको अभिव्यक्ति दिन थालेको पाईएको छ । नेकपा एमाले भित्र पनि यसको चर्चा चल्न थालेको छ । केपी ओलीलाई फुटेको आँखाले पनि देख्न नसक्ने गरि अभिव्यक्ति दिने नेताहरु अहिले ओली संगै माधव नेपाललाई समेत कमजोरी नियाल्न सुझाव दिन थालेका छन् ।

रावललाई सिध्याउन लेखराज भट्ट बोकेका ओलीले ताप्लेजुंग बाट योगेश लखेट्न माओवादीका एक नम्बर प्रदेशका संसदीय दलका नेतालाई भित्र्याई सकेका छन्।  उनलाई ताप्लेजुङ्ग बाट आगामी चुनाबमा संघिय संसदका लागी तयार पारिएको हो। ताप्लेजुङ्ग बाट लखेट्न सके योगेशको संसदीय राजनिती ध्वस्त हुन्छ।