बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

उपभोग बढ्यो  विदेशी सामानको , स्वदेशमा बढेन उत्पादन

बुधबार, फाल्गुन २६ २०७७

काठमाडौं । पछिल्लो समय बिदेशी बस्तुको आयात बृद्धि  भएको छ । जसका कारण भन्सारको राजस्व गत वर्षभन्दा बढि भएको छ ।

महामारीबाट सामान्य अवस्थामा फर्कदै गर्दे यसअघि खरिद गर्न नपाएका बस्तुहरुको खरिद त बढ्दै त छनै यसबाहेक कोरोना नियन्त्रणका लागि प्रयोग हुने मास्क , सेनीटाइजर लगायत अन्य बस्तुहरुको समेत आयात बढेको छ ।

यस्ता बस्तुहरुको आयात बढेको सरकारी आकडाले पनि बताउँछ । उपभोगमा आएको बृद्धिसँगै मूल्यअभिबृद्धि कर र भन्सार बढेको छ। जसका कारण सरकारको राजस्व गत वर्षभन्दा पनि बढि उठेको देखिएको हो ।

खोप लगाउन सुरु भएसँगै आर्थिक गतिबिधी पुरानै अवस्थामा फर्कन सुरु गरेका छन् । त्यसैले ब्यापारीहरुले बिदेशबाट गर्ने आयात पनि बढाएका छन् ।

बिदेशबाट आयात हुने बस्तुमा लाग्ने भन्सार, मूल्यअभिबृद्धि कर र अन्तः शुल्क भन्सार बिन्दुमा उठाइन्छ । त्यसबाहेक त्यो बस्तुको बिक्री बितरण हुँदा फेरी लाभमा मूल्यअभिबृद्धि कर लगाइन्छ ।

 गत वर्षको फागुन मसान्तसम्म २ खर्ब ३६ अर्ब उठेकामा सोमबार सम्म नै भन्सार विभागले २ खर्ब ७४ अर्ब राजस्व उठाइसकेको छ । जुन गत वर्षभन्दा ३८ अर्बले बढि हो । आन्तरिक उत्पादन तथा बाह्य क्षेत्रबाट आयातित भएका बस्तुमा लाग्ने मूल्यअभिबृद्धि कर पनि गत वर्षकै हाराहारीमा उठेको छ ।

 बिशेषगरि डलरको मूल्यमा भएको बृद्धि र अन्तर्राष्ट्रिय बजारमा बढेको बस्तुहरुको मूल्यका कारण पनि भन्सार बिन्दुमा उठ्ने राजस्व बढेको हो । तर, आन्तरिक उत्पादनका आधारमा नभई बाह्य बस्तुका आधारमा बढेको यस्तो राजस्वले समग्र अर्थतन्त्रलाई लाभ पुराउन नसक्ने अर्थविद्हरु बताउँछन् ।

राजस्व बढि उठेको देखिएपनि यहाँका उद्योगधन्दा तथा कलकारखानाले कमाएबापत तिर्ने आयकर भने गत वर्षको तुलनामा घटेको छ ।

महामारीका समयमा पनि सरकारको राजस्व भने  सामान्य अवस्थामा भन्दा पनि बढि  उठेको छ । उपभोगमा भएको बृद्धि सँगै डलर  तथा अन्तर्राष्ट्रिय बजारमा बस्तुहरुको भाउ बढेका कारण पनि सरकारको राजस्व बढेको हो ।

सरकारले यो  वर्ष १० खर्ब ११ अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ । जुन गत वर्षभन्दा ९ प्रतिशतले कम हो । महामारीका कारण आर्थिक क्रियाकलामा संकुचन आएकाले सरकारले यो वर्ष गत वर्ष जस्तो राजस्व नउठ्ने भन्दै राजस्वको लक्ष्य नै कम राखेको थियो ।

तर, सरकारले महामारीका बिचमा पनि राजस्व भने गत वर्षभन्दा पनि बढि उठाएको छ । सोमबारसम्मको तथ्यांकलाई आधार मान्ने हो भने सरकारले अहिलेसम्म ५ खर्ब ५३ अर्ब राजस्व उठाएको छ । जबकी गत वर्षको यहि अवधिमा सरकारले ५ खर्ब ३६ अर्ब उठाएको थियो । अर्थात महामारीका बिचमा पनि सरकारले राजस्व भने गत वर्षभन्दा १७ अर्ब बढि उठाएको छ  ।
आन्तरिक उत्पादन बढेको भए आन्तरिक राजस्व पनी बढ्थ्यो । तर त्यसो हुन सकेको छैन ।