आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

उपेन्द्र र बाबुरामलाई थाहै नदिई महन्थले ओलीसँग सहकार्य गर्ने निर्णय गरे

बुधबार, फाल्गुन २६ २०७७

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेका छन् ।

ठाकुरले २३ फागुन विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । भेटप्रति जसपाका नेताहरुले आशंका गरेका थिए । एक नेताका अनुसार ओली र ठाकुरबीच सत्ता साझेदारीबारे सहमति भएको चर्चा समेत चलेको थियो । तर ठाकुरले केही भनेका थिएनन् ।

मंगलबार जसपा संसदीय दलको बैठकमा ठाकुरले सत्ता साझेदारीबारे गृहकार्य दल कार्यदल गठन गर्ने सहमति भएको र आफूले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई तोकेको जानकारी दिएका छन् ।

ठाकुरको यो कदम पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईका लागि ‘सरप्राइज’ थियो । उनीहरु ओलीसँग सहकार्य गर्ने पक्षमा थिएनन् । एक नेता भन्छन्, ‘रेशम चौधरीको रिहाइ हामी सबैको एजेण्डा हो । तर सत्ता साझेदारी ओलीसँग गर्न हुन्न भन्नेमा हामी छौं । उहाँहरु (ठाकुर र राजेन्द्र महतो) कसरी आउनुहुन्छ, हेर्न बाँकी छ ।’