काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्ताव बामदेव गौतमले अस्वीकार गरेका छन् ।
प्रचण्ड नेपाल समुहले संसदिय दलको नेतावाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएपछि शनिवार ओली पक्षले संसदिय दलको बैठक बोलाएको छ ।
प्रधानमन्त्री ओलीले शुक्रवार गौतम निवास भैसेपाटी पुगेर उनलाई दलको बैठकमा बोलाएका थिए ।
उनी दलको बैठकमा सहभागी हुन ओलीले गौतमलाई प्रस्ताव गरेका थिए । नेकपाका उपाध्यक्ष गौतम शनिवार बस्ने भनिएको ओली समूहको संसदीय दलको बैठकमा पनि नजाने भएका छन्।
गौतमको निजी सचिवालयले प्रधानमन्त्री ओलीको प्रस्ताव गौतमले अस्विकार गरेको जनाएको छ ।