आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

ओलीलाई हटाएर प्रचण्ड बने संसदीय दलको नेता

शनिबार, फाल्गुन २२ २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ ।

सिंहदरबारमा जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको उक्त समूहको बैठकले संसदीय दलको नेता परिवर्तन गर्दै दाहाललाई नेता चुनेको हो ।

बैठकअघि उक्त पक्षले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलन गर्दै नेकपा संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाबी गरेको छ । सांसद् सोमप्रसाद पाण्डेका अनुसार ११४ जना सांसदले दाहाललाई नेता बनाउन हस्ताक्षर गरेको छन् ।

नेकपामा अध्यक्ष केपी ओली र दाहाल–नेपाल दुबै पक्षले आफूलाई आधिकारिक भएको दाबी गर्दै आएका छन् । प्रतिनिधि सभामा नेकपाका १७३ सांसद रहेका छन् ।