आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

पार्टी एकता गर्न बिप्लवलाई ओलीको संकेत

शनिबार, फाल्गुन २२ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहसँग एकताको संकेत गरेका छन् । उनले आफ्नो दल र विप्लवको दल र त्रीशुली र सेती नदीसँग तुलना गर्दै एकताको संकेत गरे ।

प्रचण्ड माधव संग पार्टी फुटाएर ओली विप्लब संग एकता गर्ने कसरतमा छन्। श्रोतका अनुसार पार्टी सहमति गर्न ओली र विप्लबको सहमति भईसकेको छ। 

‘त्रिशुली नदीमा सेती मिसिंदा फरह हुन्छन् पछि एउटै हुन्छन्,’ राष्ट्रिय सभागृहमा आज विप्लव समूहसँग शान्ति सम्झौतापछि ओलीले भने,‘हामी एकतावद्ध भएर सुखी नेपाली र समृद्ध नेपाल बनाउने हो ।’

ओलीले आफूहरुको उद्देश्य एउटै भएकाले असल मनशायका साथ अगाडि बढेकाले नजिकिदै जाने बताए । उनले भने,‘एकतावद्ध भएर सुखी नेपाली र समृद्ध नेपाल बनाउने हो ।’

ओलीले विप्लवको शान्तिपूर्ण राजनीतिक मूलधारमा आउनुलाई सेफ ल्यान्डिङ भने । उनले भने,‘ यो फोर्स ल्यान्डिङ होइन, क्रयास ल्यान्डिङ होइन सेफ ल्यान्डिङ हो ।’