आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रधानमन्त्रीले बोलाए संसदीय दलको बैठक, प्रचण्ड–नेपाललाई पनि ‘एसएमएस’

शुक्रबार, फाल्गुन २१ २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलको बैठकका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायत सबै सांसदलाई निम्तो पठाइएको छ ।

संसदीय दलको बैठकमा बोलाउन नेकपाले सांसदहरुलाई एसएमएस पठाउने गरिएको छ ।

प्रधानमन्त्री ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्डसहित सबै सांसदलाई फागुन २२ गते संसदीय दलको बैठकमा उपस्थित हुन निम्तो पठाइएको बताएका छन् ।

भट्टराईले भने, ‘हामीले सबै सांसदहरुलाई एसएमएस पठाएका छौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षमा लागेका देव गुरुङलाई हटाएर भट्टराईलाई प्रमुख सचेतक बनाइसकेका छन् ।

नेकपा प्रचण्ड–नेपाल पक्षले भने उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी र भट्टराईलाई कारबाही गरेको जानकारी संघीय संसद सचिवालयमा दिएको छ । 

प्रमुख सचेतक भट्टराईलाई ओलीले प्रमुख सचेतकको जिम्मेवारी दिएपनि सभामुख अग्नि सापकोटाले हालसम्म भेट्न समय दिएका छैनन् । सापकोटाले भेट्न समय नदिएपछि भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन् ।

ओलीको नियुक्तिपछि संसद सचिवालयले भट्टराईलाई दलको प्रमुख सचेकतका रुपमा कार्यकक्ष, सवारीसाधन लगायतको सुविधा दिइसकेको छ ।