आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेकपा (दाहाल नेपाल समूह)को केन्द्रय समिति बैठक आज

बुधबार, फाल्गुन १९ २०७७

काठमाडौँ । नेकपा (दाहाल नेपाल समूह)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बस्‍न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा  प्रतिनिधि सभाको अधिवेशनबारे छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने माग गरिरहेको समूहले त्यसबारे रणनीति बनाउन बैठक बोलाएको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले राजीनामा नदिएपछि अब कसरी अगाडि बढ्‍ने भन्‍ने बिषयमा पनि रणनीति तय हुने नेताहरुले बताएका छन् ।
पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतले बदर गरेको थियो ।