शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

ओलीले वामदेवलाई किन दिएन भाउ ?

शनिबार, फाल्गुन १५ २०७७

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

शुक्रवार अपराह्न करीब ३ बजे बालुवाटार गएका गौतम १ घण्टाको भेटवार्तापछि निवासमा फर्किएका हुन् । ढुङ्गो बोल्ला तर ओली खुलेर बामदेवको प्रस्ताबमा नबोले पछि गौतम हिस्रिक्क परेर भैसेपाटी घर फर्किएको श्रोतले बतायो।  प्रचण्डको प्यारो बन्न बुधबार बिहानै खुमलटार पुगेका गौतमले त्यहा पनि हप्की खानु परेको थियो। 

“प्रधानमन्त्रीसमक्ष उहाँले पार्टी एकताको प्रस्ताव गर्नुभएको छ,” गौतमनिकट स्रोतले  बतायो ।

गौतमले ओलीलाई पार्टी एकताका लागि पहल गर्न आग्रह गरे पनि ओलीले भने प्रष्ट जवाफ दिएनन् ।
प्रतिनिधि सभा पुनःस्थापनापछि गौतमले पार्टी एकताका लागि ओली प्रधानमन्त्रीबाट सम्मानजनक बहिर्गमन हुनुपर्ने बताउँदै आएका थिए ।

ओलीले भने राजीनामा नदिने अडान लिँदै आएका छन् । ओलीले आजै नेकपाको संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर खोटाङबाट निर्वाचित विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।