आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

श्री पशुपतिनाथ मन्दिर परिसरमा बैंक अफ काठमाण्डू लिमिटेडको  डिजिटल दान पेटिका शुभारम्भ

शुक्रबार, फाल्गुन १४ २०७७

बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार (QR CODE) विस्तारित गर्नेक्रममा श्री पशुपति क्षेत्र विकास कोषको संरक्षण तथा व्यवस्थापन रहेको सम्पूर्ण हिन्दुधर्मावलम्बीहरुको आराध्यदेव भगवान श्री पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकलनार्थ QR Code को सेवा आज मिति २०७७ फाल्गुण १४ गते शुक्रबार एक औपचारीक कार्यक्रमका बिच श्री नेपाल राष्ट्र बैंकका सम्माननीय गभर्नर श्री महाप्रसाद अधिकारीज्यूबाट समुद्घाटन भएको हो । उक्त कार्यक्रम श्री पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालज्यू, श्री बैंक अफ काठमाण्डू लिमिटेडको संचालक समिति अध्यक्ष श्री प्रकाश श्रेष्ठज्यू तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री शोभन देव पन्तज्यूको आतिथ्यतामा सम्पन्न भएको हो । 

bok.JPG

उक्त कार्यक्रमको शुभारम्भमा सम्माननीय गभर्नर श्री महाप्रसाद अधिकारीज्यूले डिजिटल दान पेटिकाको QR Code स्क्यान गरी श्री पशुपतिनाथ भगवानलाई डिजिटल तवरले दान गरी समुद्घाटन गर्नुभयो ।  
उक्त कार्यक्रममा सम्बोधन गर्दै श्री नेपाल राष्ट्र बैंकका सम्माननीय गभर्नर श्री महाप्रसाद अधिकारीज्यूले अब उपरान्त श्री पशुपतिनाथ भगवानको मन्दिरमा दर्शन गर्न आउने सम्पूर्ण श्रद्धालु भक्तजनहरुले डिजिटल तवरले दान गर्ने व्यवस्था मिलाएकोमा श्री बैंक अफ काठमाण्डू लिमिटेड र श्री पशुपति क्षेत्र विकास कोषलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै, कार्यक्रमका प्रमुख अतिथि रहनुभएका श्री महाप्रसाद अधिकारीज्युले नगद रहित कारोबारलाई श्री नेपाल राष्ट्र बैंकले अभियानको रुपमा संचालन गरीरहेको जानकारी गराउँदै डिजिटल कारोबारबाट हुने आर्थिक एवं सामाजिक फाइदाहरुको बारेमा प्रकाश पार्नुभयो । 
उक्त कार्यक्रममा सम्बोधन गर्दै यस बैंकका प्रमुख कार्यकारी अधिकृत श्री शोभन देव पन्तज्यूले यस नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाई रहेको जानकारी गराउनुभयो । 
साथै, उक्त कार्यक्रममा श्री पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालज्यूले डिजिटल दान पटिकाले मन्दिर परिसर भित्रहुने दान तथा भेटीहरु व्यवस्थापनमा सहयोग पुग्ने भएकाले यस कार्यको लागि बैंक अफ काठमाण्डू लिमिटेडको प्रशंम्सा गर्नुभयो । 
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।