आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

शुक्रबार, फाल्गुन १४ २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवीबीच भेटवार्ता भएको छ । विहीबार शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्।

राष्ट्रपति र प्रधानमन्त्रीबीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । गत मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रधानमन्त्री ओली पहिलोपटक राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।

उक्त भेटवार्तामा सर्वोच्च अदालतको फैसला, सरकारको काम कारबाही, प्रतिनिधिसभाको बैठक बोलाउनेलगायतका विषयमा छलफल भएको बताइएको छ । त्यसोत, सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउन सरकारलाई निर्देशन दिइसकेको छ ।