सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बैठक

बुधबार, फाल्गुन १२ २०७७

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो  राजनीतिक घटनाक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएका छन्।

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलासँगै विकास भएको राजनीतिक घटनाक्रममा नयाँ रणनीति बनाउन ओलीले आफ्नो पक्षको स्थायी समिति बैठक  बोलाएका हुन्।

आज विहान ११ बजे बालुवाटारमा काठमाडौंमा उपलब्ध नेताहरुलाई प्रधानमन्त्री ओलीले बोलाएको स्थायी कमिटी सदस्य केशव बडालले जानकारी दिए। बडालका अनुसार उपलब्ध सदस्यहरुलाई बालुवाटार बोलाइएको हो। तर औपचारिक नभएको बडालको दाबी छ। उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। 

पार्टीको विवादका कारण प्रधानमन्त्री ओलीले गत पुस ५ गते  संसद विघटन गरेपछि सत्तारुढ दल नेकपा दुई खेमामा छ। हिजो सर्वोच्च अदालतले विघटन बदर गर्ने फैसला गरेपछि प्रधानमन्त्री ओली अहिले नैतिक संकटमा रहेका छन्।