आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

राष्ट्र बैंकको सूचना तथा सञ्चार नीति, २०७७ लागुु

मंगलबार, फाल्गुन ११ २०७७

राष्ट्र बैंकको सूचना तथा सञ्चार नीति, २०७७ लागुु
काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सूचना तथा सञ्चार नीति, २०७७ लागु गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको माघ २६ गतेको बैठकबाट स्वीकृत भएको सञ्चार नीति सोही मिती देखि कार्यान्वयनमा ल्याईएको जानकारी राष्ट्र बैंकले आज मंगलबार दिएको छ । 
नेपालको संविधानले नागरिकको सूचनाको हक प्रत्याभूत गरेको, सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले नागरिकको सूचनाको हक संरक्षण गरी प्रत्येक सार्वजनिक निकायले नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्नुपर्ने जिम्मेवारी तोकेको सन्दर्भमा सूचनाको स्पष्ट, पारदर्शी, विश्वसनीय, जवाफदेही, सान्दर्भिक र सामयिक सिद्धान्तलाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले बैंकको सूचना तथा जानकारी सरोकारवालासमक्ष प्रवाह गर्ने पद्दतिलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउन वाञ्छनीय भएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २९ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक, सञ्चालक समितिले यो नीति जारी गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । यो नीति ल्याउनुुको मुख्य उद्ेश्य बैंकसँग सम्बन्धित सूचना तथा जानकारी व्यवस्थित, सहज र पारदर्शी ढङ्गले सम्प्रेषण गर्ने र सम्प्रेषित सूचनाको माध्यमबाट मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रको प्रवद्र्धन र स्थायित्वमा टेवा पु¥याउँदै समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने रहेको राष्ट्र बैंकले जनाएको छ ।  
यो नीति अनुसार सार्वजनिक महत्वको कुनै सूचना प्राप्त गर्नचाहने लक्षित वर्गले त्यस्तो सूचना प्राप्त गर्नुपर्ने कारण खुलाई अनुसूची–१ अनुरूपको ढाँचामा सम्बन्धित सूचना अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ । 

Niti photo.JPG