आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न

आइतबार, फाल्गुन ९ २०७७

काठमाडौं । सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आज आईतबार भर्चुयल माध्यमबाट सम्पन्न गरेको हो ।उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्तापूँजीको आठ प्रतिसतका दरले हुन आउने ६४ करोड दुुई लाख ७१ हजार एक सय ७३ रुपैयाँ बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर शुन्य दसमलव ४२ प्र्रतिसतका दरले हुन आउने तीन करोड ३६ लाख ९८ हजार चार सय ४२ रुपैयाँ बराबरको नगद लाभांस बितरण गर्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ ।

civil bank 3.JPG

 साथै सभाले आ.व. २०७७÷०७८को लेखापरिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स” लाई लेखापरिक्षकमा पुनःनियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने तथा गाभिन (मर्जर) वाप्राप्ति (एक्विजिसन) गर्ने हुने वा स्वदेशी वा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानूनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।

बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तररुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई एक सय १४ वटा शाखाहरु, छ वटा एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटियम  मार्फत सेवा प्रदान गरिरहेको बैंकले करीव ७८ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ७२ अर्ब 
भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ । 

civil bank.JPG

civil bank 2.JPG