दाङ । राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आज दाङले आयोजना गरेको सभालाई सम्वोधन गरेका छन् ।
दाङको घोराही वजारमा प्रजातन्त्र दिवसको अवसरमा राप्रपाले आयोजना गरेको सभालाई सम्वोधन गर्दै वर्तमान राजनीतिक अवस्था प्रति असन्तुष्टि व्यक्त गरेका छन।
उनले अगाडि भनेका छन राजनीतिक समस्या समाधान भयको र अव समृद्धिको युगको सुरुवात हुनेछ भनि तिन वर्ष अगाडि जनता लाइ भनियको थियो तर परिस्थिति ठिक उल्टो भयको छ।
देशको राजनीति अस्थिर र अन्योलपुर्ण भयको छ।सरकार को गराइ र भनाइ विलकुल फरक छ।
भनाइमा जनताको हितको नारा छ,गराइ भने सत्ताधारी पार्टीको भारदारि वर्गको भ्रष्ट स्वार्थमा राज्य केन्द्रीत हुन थालेको छ।
भनाइमा राष्ट्रियताको कुरा छ गराइमा लम्पसारवाद उन्मुख भयको छ। भनाइमा भ्रष्टाचार विरोधी छ गराइ भ्रष्टाचार संरक्षणमा केन्द्रित छ।
भनाइ निस्पक्ष प्रसासनको छ गराइ हरेक तहमा पार्टीगत भागवन्डामा सिमित छ। भनाइमा संविधानको संरक्षण भनिन्छ गराइमा ऐन कानुन र संविधान सत्ता स्वार्थको हतियार मात्र भयको छ।
नारा प्रजातन्त्र को छ व्यवहार अधिनायकवाद र सर्वसत्तावाद उन्मुख रहेको छ। स्वभावत देश अहिले आन्दोलित र अस्थिर हुदैछ।यो स्थिति प्रति राप्रपा चिन्तित छ।
यो किन भइरहेको छ र यसलाई कसरि नियन्त्रण गर्ने भन्ने वुदामा सवै दल र पक्ष सम्मिलित गोलमेच सम्मेलन र संवाद अनिवार्य हुदै गयको छ।
यस परिवेशमा राप्रपाले वोकेको लोकप्रिय ऐजेन्डा संविधान भित्रको राजसंस्था र सर्वधर्म समभाव नेपालको पहिचान हिन्दुराष्ट्र को साथर्कता अव पहिले भन्दा पनि जरिरु भयको छ।यसवारे अव छलफल र विचार गर्नु पर्छ भन्ने पुर्व प्रम डा बाबुराम भट्टराईको हालैको भनाइलाइ सवै पक्षले सकारात्मक रुपमा लिनु पर्ने समेत वताउनु भयको छ।
उहाले अगाडि भन्नु भयो प्रम ओलीले संविधानमा कतै नभयको धारा प्रयोग गरि जनप्रतिनिधि मुलुक संस्था विघटन गरेपनि यसको अन्तिम फैसाल सर्वोच्च अदालत ले गर्ने छ र त्यो फैसला ले राजनीतिक रुपमा वन्धक रहेको अवस्था वाट मुलक लाइ पार लगाउने समेत वताउनु भयको छ।
सभा राप्रपा जिल्ला अध्यक्ष छत्र वाहादुर शाहको सभापतित्वमा सम्पन्न भयको थियो। सो सभालाई राप्रपाका केन्द्रीय नेताहरु मिन वा।कुवर, मिना स्वर्णकार, जनक पाठक, टोप वा शाहा, लगायतका नेताहरुले सम्वोधन गरेका थिय।राप्रपा दाङका सहअध्यक्ष हंसराज केसि ले स्वागत मन्तव्य राख्नु भयको कार्यक्रम उत्साहपुर्ण रुपमा सम्पन्न भयको छ।