काठमाडौं । बैंक तथा वित्त सस्थाहरुको पछिल्लो समय सेयर कर्जामा आकर्षण बढेको छ । गत असारको तुलनामा गत पुस सम्ममा यस्तो कर्जा प्रतिशतले बढेको नेपाल राष्ट्र बैंक बताउँछ ।
अन्य कर्जा खासै बिस्तार हुन नसकेका समयममा सेयर कर्जा भने उल्लेखनिय मात्रामा बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ११.५ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३.४ प्रतिशतले र डिमान्ड तथा चालु पुँजी कर्जा १३.६ प्रतिशतले बढेको देखिएको छ ।
महामारीले थलिएका ब्यापारीले अब व्यवसाय सञ्चालन गर्न खोजिरहेका छन् । जसका लागि उनिहरुलाई थप रकमको आवश्यकता पर्छ । यस्तो व्यवसाय सञ्चालनका लागि ऋण लानेहरु पनि बढेकाले चालु पुँजी कर्जा बढेको हो ।
त्यस्तै रियल स्टेट कर्जा ४.० प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ५.६ प्रतिशतले बढेको छ भनेहायर पर्चेज कर्जा ४.४ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अन्य क्षेत्रमा लगानीका लागि ढोका बन्द भएपछि महामारीका बेलामा लगानीकर्ता सेयरबजार तर्फ आकर्षित भएका छन् । लगानीकर्ता मात्रै हैन बैंकहरुको समेत अहिले यहि क्षेत्रमा लगानी केन्द्रित भएको छ ।
गत वर्ष सम्म खासै प्राथमिकतामा नपर्ने यो क्षेत्रमा बैंकहरुले अहिले फोन गरेर बोलाएरै लगानीकर्तालाई ऋण दिइरहेका छन् । यता गत वर्षको तुलनामा सेयर कर्जाको ब्याजमा पनि कमि आएकाले लगानीकर्ताले बैकंबाटै ऋण लिएरै भएपनि सेयरबजारमा होमिएका छन् ।
गत वर्ष बैंकहरुले सेयर कर्जामा १२ प्रतिशत ब्याज लिन्थे भने अहिले लगानीकर्तालाई फोन गरेरै बोलाएर जम्मा साढे सात प्रतिशतसम्ममा यस्तो कर्जा प्रदान गरेका छन् । त्यसैले असारयता मात्रै पनि बैकहरुको सेयरतर्फ जाने कर्जा ५० प्रतिशतले बढेको छ ।
गत असारसम्म ५० अर्ब ४१ करोड सेयर धितो राखेर कर्जा प्रदान गरेका बैंक तथा वित्त संस्थाहरुले यो वर्षको सोहि अवधिमा ७५ अर्ब ७० करोड प्रदान गरेका छन् । गत वर्षको पुसमा भने बैंकहरुको यस्तो कर्जा ४५ अर्ब ६७ करोड रहेको थियो ।
बाणिज्य बैंकहरुले अहिलेसम्म ६४ अर्ब, बिकास बैंकले ९ अर्ब र बित्त कम्पनीले २ अर्ब सेयर धितो राखेर सेयर नै खरिदका लागि ऋण प्रदान गरेका छन् ।
कुल कर्जा ३६ खर्ब ५८ अर्ब मध्ये २ दशमलव शुन्य सात प्रतिशत अहिले सेयर बजारमा प्रवाह भएको छ । कुल कर्जाका हिसाबले हेर्ने हो भने बित्त कम्पनीहरुले सबैभन्दा बढि अर्थात ३ दशमलव तीन शुन्य र बिकास बैंकले २ दशमलव छ छ र बाणिज्य बैंकले १ दशमलव नौ आठ प्रतिशत लगानी गरेका छन् ।
बाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढि अर्थात ५ अर्ब २४ करोड एनआइसी एसिया बैंकले यो क्षेत्रमा लगानी गरेको छ । उसको कुल कर्जाको दुई दशमलव तीन प्रतिशत सेयरमा लगानी छ । कुल कर्जामा सेयर कर्जाको हिस्सा हेर्ने हो भने चाहि सिटिजन्स बैैंकको ४ प्रतिशत अर्थात सबैभन्दा बढि उच्च लगानी रहेको देखिन्छ । तर , बिदेशी लगानीका स्टायण्डर्ड चार्टड र नेपाल एसबिआई बैंकले भने यस्तो खालको कुनैपनि कर्जा प्रवाह गरेका छैनन् ।
अन्य क्षेत्रमा लगानीका ढोका बन्द भएकाले सेयरमा कर्जा जानु स्वभाविकै थियो । अब भने स्थिती सामान्य हुँदै गएकाले बैकहरुले पनि आफ्नो लगानी उत्पादनमुलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा कर्जा केन्द्रित गर्न जरुरी छ ।