भक्तपुर, मोटरसाइकल चोरी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ओखलढुंगा लिखु गाउँपालिका(९ बस्ने २२ वर्षीय कुल बहादुर तामाङ, ओखलढुंगा खिजी देम्बा गाउँपालिका(२ बस्ने २८ वर्षीय पञ्चमान तामाङ, ओखलढुंगा लिखु गाउँपालिका(९ बस्ने २४ वर्षीय गोबिन्द गौतम रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको समन्वयमा ओखलढुङ्गाबाट पक्राउ गरिएको हो ।
पुस ६ गते भक्तपुर सूर्यबिनायक नगरपालिका ८ सिपाडोल बस्ने २६ वर्षीय किसन थापाको आफ्नै कम्पाउण्डमा पार्किङ गरी राखेको प्रदेश ३(०२(०१० प ७१४१ र माघ ८ गते भक्तपुर बाराहीस्थानस्थित डेरा गरी बस्ने २२ वर्षीय पेम्बा तामाङको डेरा कोठा अगाडि पार्किङ गरी राखेको प्रदेश २(०२० प ८८२७ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले खोजी गर्ने क्रममा चोरीमा संलग्न उनीहरुलाई मोटरसाइकल सहित फेला पारी माघ २४ गते पक्राउ गरेको हो ।
यसैगरी माघ ४ गते राति भक्तपुर भक्तपुर नगरपालिका(७ स्थित आदर्शचोकमा जाँच गर्ने क्रममा बा.९८ प ८९६४ नम्बरको हरी गोविन्द शिल्पकारको नाममा रहेको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर धोबिघाट बस्ने दोलखा शैलुङ गाउँपालिका(४ घर भएका २७ वर्षीय अभिषेक योञ्जन र भक्तपुर सूर्यविनायक बस्ने दोलखा शैलुङ गाउँपालिका(६ घर भएका १९ वर्षीय सुमन नेपाली रहेका छन् ।
साथै भक्तपुर मध्यपुर ठिमी नगरपालिका(५ स्थित अरनिको राजमार्गमा प्रदेश ३(०२(०१७ प. ७०४८ नम्बरको कुमार श्रेष्ठको नाममा रहेको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायकमा बस्ने दोलखा शैलुङ गाउँपालिका(२ घर भएका २३ वर्षीय फुर्वा तामाङ र २१ वर्षीय राजु तामाङ रहेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।