आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सेञ्चुरी बैंकको शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीको बगौलीमा

बिहिबार, फाल्गुन ६ २०७७

काठमाडौ, सेञ्चुरी कमर्सियल बैंकले वित्तीय सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको मार्चवारी गाउँपालिकाको बगौलीमा बुुधबारदेखि शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ एक कार्यक्रमकाबीच मार्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवार जैसवालले गरेकी हुन । यस सेवाबाट बगौली लगायतका क्षेत्रका जनताले आधुनिक बैंकिङ्ग सेवा उपयोग गरी उनीहरुको आर्थिक समृद्धिमा समेत लाभ पुग्ने कुरालाई जोड दिए ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ्गर ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।