आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

लक्ष्मी बैंकले सुरु ग-यो स्मार्टफोन लोन सेवा

मंगलबार, फाल्गुन ४ २०७७

काठमाडौं । लक्ष्मी बैंकले एफ्वान सफ्ट सँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ । स्मार्ट फोन लोन एक कर्जारुपी सेवा हो ।

 यसअन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एप बाटै अधिकतम दुुई लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन ।

कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्नेछ । 
हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने योजना रहेको छ । 

आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएको हो । 

यो कर्जा पुरै डिजिटल मैत्री भएका ले कुनै कागजपत्र तथा निवेदन बिना नै लिन सकिन्छ र यो पुर्व स्वीकृत हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ । 

सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बितिकै कर्जा रकम ग्राहकको खाता मा जम्मा हुने व्यवस्था रहेको छ ।