बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

अवैध रुपमा डिजेल चोरी भारततर्फ निकासी गर्ने तीन जना पक्राउ

मंगलबार, फाल्गुन ४ २०७७

पर्सा, अवैध रुपमा डिजेल चोरी भारततर्फ निकासी गर्ने ३ जनालाई ट्याङ्कर सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  मकवानपुर मनहरी गाउँपालिका(३ बस्ने ३३ वर्षीय राम कृष्ण उप्रेती, मकवानपुर राकसीराग  गाउँपालिका(३ बस्ने २१ वर्षीय अशोक पाख्रिन र पर्सा बीरगंज महानगरपालिका(२२ बस्ने ३४ वर्षीय शम्भु महतो रहेका छन् ।
बीरगंज महानगरपालिका २२ जगरनाथपुरस्थित स्वेता आयल ट्रेडर्सबाट ना.७ ख १५११ नम्बरको ट्याङ्करको च्याम्वर र फ्युल ट्याङकमा गरी १ हजार ३ सय ६० लिटर डिजेल भरी अवैध रुपमा चोरी निकासी गर्नको लागि आईसिपिको मूल बाटो हुँदै भारततर्फ जादै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले आईसिपिको मूलगेटबाट ट्याङ्करका चालक रामकृष्ण, सह(चालक अशोक तथा उक्त डिजेल चोरी निकासीमा सहयोग गर्ने स्वेता आयल ट्रेडर्सका शम्भु महतो समेतलाई पक्राउ गरेको हो । उनीहरूउपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।