बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

यस्तो छ आज सुनचाँदीको बजार भाऊ

आइतबार, फाल्गुन २ २०७७

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ९०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच चाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

शुक्रबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।