बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

अवैध लागूऔषध सहित पक्राउ

शनिबार, फाल्गुन १ २०७७

काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध २ सय एम्पुल नोर्फिन, २ सय एम्पुल डाइजेपाम र २ सय एम्पुल प्रोमेथाइजिन सहित भारत मोतिहारी बस्ने २६ वर्षीय राज कुमार प्रसादलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौं आउँदै गरेको ना.८ ख ४६८० नम्बरको बस महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार राजकुमारलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
मोरङको बिराटनगर महानगरपालिका १५ हुलास मेटलस्थित सडकबाट करिब ४ केजी अवैध लागूऔषध गाँजा सहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी ईटहरी उपमहानगरपालिका ५ बस्ने ५२ वर्षीय तेज बहादुर राई र सोही ठाउँ बस्ने ४१ बर्षीय पदम बहादुर राई रहेका छन् । भारततर्फ जाँदै गरेको को.२ ह ७२४१ नम्बरको अटोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कार्टुनमा लुकाएर लैजाँदै गरेको उक्त गाँजा फेला पारी अटोमा सवार तेज बहादुर र अटो चालक पदम बहादुरलाई अटो सहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।