पर्सा, वीरगन्ज महानगरपालिका २५ सिर्सिया बस्ने रामा साह भन्ने २४ वर्षीय उपेन्द्र साहलाई १ थान कटुवा पेस्तोल सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ बिआर ५ ए एफ ४६४७ नम्बरको मोटरसाइकलमा आइरहेका साहलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पेस्तोल फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।